National life

फोर्ब्सको अन्डर थर्टी प्रभावशाली व्यक्तिमा नेपालकी श्रेया गिरीको नाम समावेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ जेठ २०८१, बिहिबार
1.3kShares
फोर्ब्सको अन्डर थर्टी प्रभावशाली व्यक्तिमा नेपालकी श्रेया गिरीको नाम समावेश
ncell

काठमाडौं । फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा काठमाडौकी काठमाडौंकी श्रेया गिरी छनौट भएकी छिन् । उनी एशियाबाट प्रभावकारी व्यक्तीको रुपमा छनौट भएकी हुन्।

फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उनी सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा पर्न सफल भएकी हुन्।

२८ वर्षीया गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन् भने उनी लण्डनमा स्नातकोत्तर अध्ययन गरेकी छिन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आफ्नो अध्ययनपछि उनले नेपालमा ह्याप्पी माइन्ड्स सुरु गरेकी थिइन। मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्किएकी गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल रूपमा विभिन्न वर्कसप चलाउँदै आएको छ ।

उक्त प्लेटफर्मले लाखौ यूवाहरुलाई भौतिक उपस्थितिका साथै अनलाइनबाट मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्मको रुपमा काम गरि रहेको छ। संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिँदै आएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?