काठमाडौं । सरकारले आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गरेको छ । आइतबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।
सर्वेक्षणमा विश्व आर्थिक मन्दीका बाबजुद आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर समेत २.१६ प्रतिशतमा खुम्चिने देखिएको, बजार महँगी बढेको र यसले उपभोग्य बजार प्रभावित हुन पुगेको अर्थमन्त्री डा.महतले जनाएका छन् ।
यद्यपि, पछिल्लो समय क्रमशः सुधारउन्मुख अर्थतन्त्रको आन्तरिक तथा बाह्य क्षेत्रले सकारात्मक सन्देश दिएको समेत उनले बताए । आर्थिक गतिविधिसँगै बढ्दो पर्यटन आगमनले अर्थतन्त्रमा लयमा फर्कने क्रमममा रहेको देखिएको उनले बताए ।
यता आर्थिक सर्वेक्षणमार्फत सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो ९२० खर्ब ८० अर्ब रुपैयाँ० माथि पुगेको जनाएको छ ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋणको आकार २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको छ । आइतबार संघीय संसदमा आर्थिक सर्वेक्षण, २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो तथ्य पेस गरेका हुन् ।
आर्थिक वर्ष २०७९/८० को फागुनसम्म ऋण र अनुदान गरी रू . १ खर्ब ३७ अर्ब १२ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धता प्राप्त भएकोमा रू. ७२ अर्ब ५८ करोड बराबरको सहायता परिचालन भएको अर्थमन्त्री डा.महतको भनाइ छ । उक्त अवधिमा रू. ५३ अर्ब ४४ करोड बराबरको अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।
यस्तो आर्थिक सर्वेक्षण:
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/05/1685270309_ES_2080_Final_PDF.pdf"]


































