National life

बढ्दै अनलाइन जुवा खेल: हप्ता दिन नबित्दै २४ जना भारतीय पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
626Shares
बढ्दै अनलाइन जुवा खेल: हप्ता दिन नबित्दै २४ जना भारतीय पक्राउ
ncell

काठमाडौँ । प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।

अनलाइन जुवा खेलाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आर्चायले आर्थिक भ्वाइसलाइ जानकारी दिएका छन् । गए राति बूढानीलकण्ठको एक घरमा छापा मारेर अपराध अनुसन्धान कार्यालयको टोलीले २१ थान मोबाइल र ३८ थान ल्यापटप बरामद गरेको छ ।

साथै, आरोपीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको प्रहरीको अनुसन्धानबाटमा खुलेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संजाल बाक्लो भएको कारण अन्य विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि मात्रै प्रहरीले बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाको घरमा अनलाइन जुवा खेलाई रहेका २३ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । प्रतिवादीहरूले ३ अर्ब १३ करोडभन्दा बढी नेपाली रकमको कारोबार गरेको देखिएको प्रहरीको दाबी छ।

उनीहरूको मोबाइलमा ८६ लाख ९१ हजार ९७१ रुपैयाँ बराबरको क्रिप्टो करेन्सीको कारोबारसमेत भएको अनुसन्धानबाट खुलेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?