National life

बढ्दो मात्रामा बैंकिङ्ग अपराधका घटनाहरू, एक वर्षमा १३ हजार बढीले दिए उजुरी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ साउन २०८१, बुधबार
612Shares
बढ्दो मात्रामा बैंकिङ्ग अपराधका घटनाहरू, एक वर्षमा १३ हजार बढीले दिए उजुरी 
ncell

काठमाडौं । सुरक्षा र सिस्टममा दैनिक रुपमा विभिन्न प्रविधिको विकास हुदै गएको भएपनी पछिल्लो समय हुने गरेका अपराधजन्य घटनामा कमी आएको अवस्था छैन् ।

फरक फरकशैलीमा दैनिक रुपमा हुने विभिन्न अपराधका शैलीहरूमा एउटा आर्थिक अपराध अन्तर्गत बैंकिङ्ग कसुर पनि हो । जस अनुसार गत आर्थिक वर्ष २०८० र ८१ मा १३ हजार बढी बैंकिङ्ग कसुर सम्बन्धी उजुरी दर्ता भएका छन् ।

काठमाडौं उपत्यकामा मात्रै गत आर्थिक वर्षमा १३ हजार २६३ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसमध्येमा सबैभन्दा बढी ७ हजार ६ सय ६२ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका छन् ।

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार गत आवमा लुम्बिनी प्रदेशमा मात्रै एक हजार १७८ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएका हुन भने क्रमश कर्णाली प्रदेशमा २८६ वटा, सुदूरपश्चिम प्रदेशमा २९७ वटा, गण्डकी प्रदेशमा एक हजार ८२ वटा मुद्दा दर्ता भएका छन् ।

साथै बाकी रहेका कोशी प्रदेशमा एक हजार ४ वटा, मधेश प्रदेशमा एक हजार १६ वटा र बागमती प्रदेशमा ७३८ वटा बैंकिङ्ग कसुरका मुद्दा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ । भूमण्डलीकरणले ल्याएको परिवर्तन, प्रविधि विकास तथा आर्थिक गतिविधि अत्यन्त चलायमान भएका कारण परम्परागत प्रकृतिका अपराधका तुलनामा आर्थिक र साइबर अपराधका घटना बढेका प्रहरीको निष्कर्ष छ ।

विगतमा आर्थिक कारणले अन्य अपराध हुने गरेको भएपनी अहिले त्यसको स्वरूप बदलिएको र आर्थिक नै अपराधका रूपमा वृद्धि भएका प्रहरीको बुझाई छ । आर्थिक अपराध गाउँमा खासै नभएको तर जहाँ आर्थिक गतिविधि बढी हुन्छ त्यहाँ नै आर्थिक अपराधका मुद्दा बढी दर्ता हुने गरेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरी अपराधका घटना न्यूनीकरण गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन निरन्तर क्रियाशील रहेको प्रहरीको भनाई छ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?