काठमाडौं । आज सुनको मूल्य बढेको छ । आज शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेकाे हाे ।
छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे बिहिबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।





































