National life

बदलिँदो परिस्थिति अनुरूप कार्यसम्पादन गर्न: प्रधानमन्त्रीको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ फागुन २०८०, आइतबार
751Shares
बदलिँदो परिस्थिति अनुरूप कार्यसम्पादन गर्न: प्रधानमन्त्रीको निर्देशन
ncell

काठमाडौं । कर्मचारीलाई  बदलिँदो परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रधानमन्त्री  ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिए।

बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको कार्यक्रमकै वरिपरि हुने गरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्नेछ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्य अनुसारको कार्यसम्पादन प्रतिसम्बन्धमा मासिक रूपमा छलफल, समस्या पहिचान र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय गौरवका आयोजना नियमित गर्न कार्य तालिका बनाएर अगाडि बढ्न निर्देशन दिएका छन् ।

तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी छ। त्यसका लागि यस कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्छ। त्यसका लागि अझ बढी सजग हुन जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो कार्यालय अनुगमनसमेत गर्ने कार्यालय भएकाले सम्बन्धित क्षेत्र हेर्ने सचिव र महाशाखाहरू थप क्रियाशील भएर लिन जरुरी छ।’

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै प्रचण्डले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न निर्देशन दिएका छन्।

यो समाचार शेयर गर्नुहोस्
751SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?