National life

बम्जनको घरबाट ३ करोड ३४ लाख बरामद, मोबाइलमात्रै १४ वटा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
685Shares
बम्जनको घरबाट ३ करोड ३४ लाख बरामद, मोबाइलमात्रै १४ वटा
ncell

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ ।विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको हो।

बम्जनलाई पक्राउ गरिएको बारे औपचारिक जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनलाई बूढानीलकण्ठ नगरपालिका, वडा नं ६, टन गाउँबाट पक्राउ गरिएको जानकारी दिइयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको साथबाट प्रहरीले मोबाइलमात्रै १४ थान बरामद गरेको छ ।

सर्लाहीकी एक अनुयायीमाथि बाल यौन दूराचार गरेको आरोप लागेपछि जिल्ला अदालत सर्लाहीले उनीविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो । तर प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन ।

मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको थियो । त्यस क्रममा उनी २ तला माथिबाट हामफालेर भाग्ने प्रयास गरे पनि सफल हुन सकेनन् ।

०७१ श्रावनदेखि बाराको हलखोरियामा बम्जनको आश्रममा रहेकी आनीले उनीविरुद्ध उजुरी दिएकी थिइन् । बाल यौन शोषण गरेको मुद्दा लागेपछि फरार रहेका बाराको रतनपुरी स्थायी वतन भएका बम्जनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतले २०७६–१०–२३ अनुमति दिएको थियो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?