National life

बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१२ चैत २०८२, बिहिबार
1.4kShares
बस र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
ncell

काठमाडौं। भारतको आन्ध्र प्रदेशको मार्कापुरम जिल्लामा बिहीबार बिहान भयानक सडक दुर्घटना भएको छ, जसमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

स्थानीय टाइल उद्योगको नजिकै, एउटा निजी बस र ट्रक एक आपसमा ठोक्किँदा दुवै सवारीमा आगो लागेको थियो।

मार्कापुरम प्रहरीका डीएसपी हर्षवर्धन राजुले बताएअनुसार, दुर्घटनामा बसमा सवार १४ यात्रिको मृत्यु भएको छ भने अन्य धेरै व्यक्ति घाइते भएका छन्। घटनामा बस र ट्रक दुवै गम्भीर रूपमा जलेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई पचास हजार रुपैयाँको आर्थिक सहयोग दिने घोषणा गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?