National life

बाढी तथा पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
381Shares
बाढी तथा पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
ncell

काठमाडौँ । अविरलको वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न ६ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सोमबार बिहान ९ बजे अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

प्रहरीको सूचना अनुसार संखुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग र तमोर–कोरिडोर सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । त्यस्तै, गण्डकी प्रदेशमा नवलपरासी पूर्वको कालिगण्डकी करिडोरमा पनि अवरोध रहेको छ ।

Royal Enfield
nic asia capital

लुम्बिनी प्रदेशमा रोल्पाको सहिद राजमार्ग र कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित जाजरकोट-डोल्पा-भेरी-करिडोर सडक खण्ड समेत अवरुद्ध रहेको छ । यसबाहेक पाँचवटा सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
381SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?