National life

बाढी पहिरोका कारण बीमा कम्पनीमा १३ अर्ब बराबरको दाबी, डेढ अर्ब भुक्तानी, कुनमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
455Shares
बाढी पहिरोका कारण बीमा कम्पनीमा १३ अर्ब बराबरको दाबी, डेढ अर्ब भुक्तानी, कुनमा कति ?
ncell

काठमाडौँ । गत असोज ११ र १२ गते परेको अविरल वर्षा सहितको बाढीले देशभर मच्चाएको वितन्डाले देशभर ठुलो जनधनको क्षति भएको छ। सोही समयमा भएको बाढी पहिरोको कारण बीमा कम्पनीहरूमा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार यहीँ पुस ११ गतेसम्म १४ निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमामा तीन हजार ६सय ७६ वटा दाबी परेका छन्। यी कम्पनीहरूमा १२ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बढीको दाबी भुक्तानी परेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस मध्येमा हालसम्म बीमकहरुले १ हजार ७२० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् । पुष ११ गतेसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले एक अर्ब ५२ करोड १८ लाख रुपैयाँ बराबर एक हजार ७२० वटा दाबी भुक्तानी गरेको छ ।

प्राधिकरणका अनुसार यो अवधिमा शिखर इन्स्योरेन्सले ३१ करोड ३८ लाख रुपैयाँसहित सर्वाधिक दाबी भुक्तानी गरेको छ। भने यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा हालसम्म ५११ वटा दाबी परेका छन् । दुई अर्ब ६३ करोड रुपैयाँको दाबी परेको मध्येमा कम्पनीले २४७ बीमादावी बापत ३० करोड ३५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा दुई अर्ब ६३ करोड रुपैयाँको दाबी परेको छ। कम्पनीमा ५११ वटा दाबी परेका छन् । यस मध्येमा कम्पनीले २४७ बीमादावी बापत ३० करोड ३५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

साथै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ४२५ वटा दाबी बापत एक अर्ब ३७ करोड रुपैयाँको दाबी परेको छ । जसमा कम्पनीले २० करोड ४३ लाख रुपैयाँको दाबी भुक्तानी वितरण गरेको छ ।

                               विस्तृतमा हेर्नुहोस्

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?