National life

बाढी महाशाखाले ४३ जिल्लालाई राख्यो एल्लो अलर्टमा, स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ साउन २०८२, सोमबार
499Shares
बाढी महाशाखाले ४३ जिल्लालाई राख्यो एल्लो अलर्टमा, स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह
ncell

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (साउन ५, सोमबार) को सम्भावित बाढीबारे जानकारी दिँदै सतर्कताका लागि सुझाव दिएको छ।

बाढी महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।

जिल्लाका हिसाबले आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, रोल्पा, गुल्मी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ।

साथै आज इलाम, झापा, धनकुटा, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, दाङ, बाँके, सुर्खेत, बर्दिया, डोटी, अछाम, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना मध्यम छ।

Royal Enfield
nic asia capital

बाढी महाशाखाले उल्लखित ४३ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राख्दै सम्बन्धित क्षेत्रमा रहेका बासिन्दालाई होसियारी अपनाउन सुझाव दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
499SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?