काठमाडौं। अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गरेको यात्रा सम्बन्धी चेतावनी (ट्राभल एड्भाइजरी)मा जोखिम स्तर घटाएको छ।
नयाँ सूचनाअनुसार नेपालमा सुरक्षा स्थिति सुधार भएको भन्दै त्यसलाई ध्यानमा राख्दै जोखिम स्तर लेभल २ अर्थात अतिरिक्त सतर्कता आवश्यकमा तल झारिएको हो।
अमेरिकी सरकारले मंगलबार अद्यावधिक गरेको सूचनामा सन् २०२५ सेप्टेम्बरदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएको र समग्र सुरक्षा वातावरण स्थिर रहेको उल्लेख गरिएको छ।
तर, सहरी क्षेत्रहरूमा पूर्वसूचना बिना अचानक प्रदर्शन वा स्थानीय अशान्ति उत्पन्न हुन सक्ने र ती हिंसात्मक रूप लिन सक्ने सम्भावना अझै बाँकी रहेकाले नागरिकलाई सतर्कताका साथ यात्रा गर्न अमेरिकाले आग्रह गरेको छ।
यस्तो जोखिमबाट बच्न नागरिकहरूलाई ठूला भिडभाडबाट टाढा रहन र स्थानीय सुरक्षा निकायका निर्देशन पालना गर्न कडाइका साथ सुझाव दिइएको छ।


































