National life

बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी, स्वदेशीले अस्वीकार गरे मात्रै बाहिर पठाउन पाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१३ जेठ २०८०, शनिबार
671Shares
बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी, स्वदेशीले अस्वीकार गरे मात्रै बाहिर पठाउन पाउने
ncell

काठमाडौैं । नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको छ । जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकको पुनर्बीमा व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशिका जारी गरिएको हो ।

जारि निर्देशिका अनुसार बीमा कम्पनीहरुले आफूले धारण गर्ने जोखिम धारण गरी बाँकी रहेको वा आफुले धारण गर्न नसक्ने अंशको पुनर्बीमा गराउने व्यवस्था गरेको छ। जसमा जोखिम पुरै स्वीकार गर्ने जोखिम बाहेकको बीमालेखले रक्षावरण गर्ने कुनै पनि जोखिम नछुट्ने गरी पुनर्बीमाको व्यवस्था गर्नु पर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अब बीमकले निर्देशिका बमोजिम प्राविधिक तथा वित्तीय क्षमताको पर्याप्त मात्रामा विश्लेषण गर्नु पर्नेछ । बीमकले प्रत्यके बीमालेखमा उचित र पर्याप्त मात्रामा पुनर्बीमाको व्यवस्था नगरी बीमालेख जारी गर्नु हुँदैन । बीमकले प्रत्येक बीमालेखले रक्षावरण गरेको जोखिमको आफूले धारण नगरी शतप्रतिशत पुनर्बीमा गराउन मिल्दैन ।

निर्देशिका अनुसार अब बीमकले फ्याकल्टेटिभ पुनर्बीमा गर्दा सुरुमा स्वदेशी पुनर्बीमकलाई प्रस्ताव गर्नु पर्नेछ र पुनर्बीमकले उक्त प्रस्ताव स्वीकार वा अस्वीकार के गर्ने हो सो कुरा खुलाई चौवीस घण्टा जवाफ पठाउनु पर्नेछ । पुनर्बीमा कम्पनीले प्रस्ताव अस्वीकार गरेमा बीमकले उक्त पुनर्बीमा अन्यत्र गर्न सक्नेछ ।

बीमकले आफ्नो नेटवर्थको आधारमा बीमाको प्रकार अनुसार पुनर्बीमा व्यवस्था गर्नुपर्नेछ । बीमले जारी गरेको बीमालेख अन्तर्गत प्रति बीमालेख प्रति जोखिममा बीमकको धारण नेपाल भित्र रहेको आफ्नो नेट वर्थको अधिकतम धारण जीवन बीमकको हकमा शुन्य दशमलव पाँच प्रतिशत र निर्जीवन बीमकको हकमा पाँच प्रतिशत भन्दा बढी हुनु हुँदैन ।

जीवन बीमकको हकमा प्रति बीमालेख बढीमा ५० लाख रुपैयाँसम्म धारण गर्न सकिनेछ । विदेशमा प्रधान कार्यालय रही नेपालमा शाखा कार्यालयको रुपमा कारोबार गरिरहेका बीमकको हकमा पुनर्बीमा गर्दा उक्त प्रधान कार्यालयको क्षमता बमोजिमको धारण कायम गरी पुनर्बीमा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?