काठमाडौं । नेपालमा पछिल्लो समय बीमा व्यवसायले राम्रै फड्को मारिरहेको छ । तर अझै पनि बीमा क्षेत्रको बारेमा कतिपय मानिसको बुझाईमा परिवर्तन आउन सकेको देखिदैन् । यस्तो अवस्थामा मानिसको सोचाई परिवर्तन गर्नु साँच्चिकै चुनौतीपुर्ण विषय रहेको छ । यद्यपि बीमा क्षेत्रमा आवद्ध मानिसहरूका लागि भने यो क्षेत्र निकै नै फलदायी देखिन्छ ।
संसारमा सबैभन्दा गाह्रो काम के होला भनेर कसैलाई सोध्दा अधिकांशको उत्तर हुनसक्छ, मानिसहरूलाई कन्भेन्स गर्नु । अझ भनौ वित्तीय साक्षरताको खासै पहुँच नपुगेको नेपालजस्तो देशमा बीमा अभिकर्ता भएर काम गर्नु पनि चुनौतिपुर्ण नै रहेको छ । तर लमजुङकी उसा गुरुङलाई भने सबैभन्दा बढी नाम, दाम र खुसी दिने पेसा भनेको बीमा अभिकर्ता नै हो भन्ने लाग्छ ।
लमजुङको बेसी सहर नगरपालिका वडा नं. १० मा बस्दै आएकी गुरुङ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीकी एक सफल अभिकर्ता हुन् । सन् २०११ मा सामान्य अभिकर्ताको रूपमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा जोडिएकी उनी अहिले सोही कम्पनीमा चिफ बिजनेस म्यानेजरको रूपमा काम गरिरहेकी छन् । गाउँमा रहेको सरकारी बिद्यालय हिमालय प्रा.वि.मा शिक्षिकाको रूपमा काम गरेकी उनी अहिले भने शिक्षण पेसालाई नै छाडेर म्यानेजरको रूपमा काम गरिरहेकी छिन् । यस पेसामा आबद्ध रहेर काम गर्दा आफूले कहिल्यै पनि अप्ठ्यारो महसुस नगरेको उनी सुनाउँछिन् ।
लमजुङको एक सामान्य परिवारमा जन्मेकी गुरुङ आफैमा एक मेहनती, लगनशील र बोलेरै अरुलाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता भएकी ब्यक्ति हुन् । जसले आफ्नो सम्पूर्ण जीवन बीमा अभिकर्ता पेसालाई नै सुम्पिएकी छिन् । अभिकर्ता बनेर काम गर्दा आफूलाई घरपरिवारले पनि राम्रो सहयोग गरेको उनको भनाई छ । यस क्षेत्रमा काम गर्दै जाँदा विगतका भोगाई र सङ्घर्षले आफूलाई सफल अभिकर्ता बनाएको उनको भनाई छ ।
सम्मान तथा पुरस्कार
सन् २०२२ मा अभिकर्ताको अन्तर्राष्ट्रिय संस्था एमडिआरटीको उपाधि पाएकी गुरुङले चेयरम्यान कार्यक्रममा ६ वर्ष पुरा गरिसकेकी छन् । यस बीचमा उनले करिब ५ सय भन्दा बढी मानिसहरुको बीमा गरिसकेकी छिन् । उनी बि.स. २०७८ र ०७९ मा लगातार २ वर्ष प्रदेशमै तेस्रो स्थान र बि.स. २०८० मा प्रदेश प्रथम सम्मको पुरुस्कारबाट सम्मानित भइसकेकी छिन् । यसका साथै उनले कम्पनीको तर्फबाट अभिकर्ताकै रुपमा थाइल्यान्ड सम्मको भ्रमण गर्ने मौका समेत प्राप्त गरिसकेकी छिन् ।
अभिकर्ता पेसामा आबद्ध भएपछिको कमाई
नेशनल लाइफमा नै इन्स्योरेन्स किन?
यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी थौरै लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरेको लगानीको पनि सुनिश्चितता गर्ने कम्पनी भएको उनको बुझाई छ । यसका साथै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आफैमा आर्थिक रूपमा सबल र सक्षम कम्पनी भएकोले पनि यो कम्पनीमा बिश्वास गर्न सकिने उनी बताउछिन् ।
गुरुङको बुझाई मा अभिकर्ता
असल बिमा अभिकर्ताको योगदानले गर्दा बिमा व्यवसाय अगाडि बढ्ने भएको कारणले अभिकर्ता आफैमा सक्षम र अध्ययनशील हुनुपर्ने उनको धारणा छ । पछिल्लो समय असल बिमा अभिकर्ताको खाँचो बिमा क्षेत्रमा देखिँदै गएकोले र आर्थिक तथा अन्य दृष्टिकोणले पनि यो क्षेत्र कमजोर नभएकाले अभिकर्ता बन्न उनी सुझाव दिन्छिन् ।



































