National life

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्ति विरुद्धको रिटमा अग्राधिकार प्रदान गर्न आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ जेठ २०८२, बुधबार
719Shares
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्ति विरुद्धको रिटमा अग्राधिकार प्रदान गर्न आदेश
ncell

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गर्न आदेश दिएको छ ।

ओझाले नियुक्ति हुँदाका बखत पेस गरेका कागजपत्रहरू नक्कली रहेको दाबी सहित ओझाको नियुक्ति बदरको माग सहित परेको निवेदनमा न्यायाधीश द्वय अब्दुल आजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा भएको छलफलपछि यस्तो आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ – प्रस्तुत निवेदनमा चाँडो निर्णय गर्नुपर्ने अवस्था समेत देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरी नियमानुसार पेस गर्नु ।

यस अघि नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो निर्णय विरुद्ध अधिवक्ता इन्दिरा धमलाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको थियो

यो समाचार शेयर गर्नुहोस्
719SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?