National life

बीमा प्राधिकरणको निर्देशन अभिकर्ताको तालिम र प्रमाणपत्र अनलाईनबाटै उपलब्ध गराउनु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
470Shares
बीमा प्राधिकरणको निर्देशन अभिकर्ताको तालिम र प्रमाणपत्र अनलाईनबाटै उपलब्ध गराउनु
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणले आगामी दिनमा बीमा अभिकर्ताहरुको तालिम र प्रमाणपत्र अनलाईनमाध्यमबाटै लिन पाउने व्यवस्था ल्याएको हो।

सो व्यवस्था लागू हुनुभन्दा अगाडी अभिकर्ता तालिमको लागि बीमा कम्पनीहरुले तोकेको स्थानमा जानुपर्ने व्यवस्था रहेको थियो । उक्त व्यवस्था परिमार्जन गर्दै बीमा कम्पनीहरुले अनलाईनबाटै अभिकर्ताहरुको तालिक लिन र ई–प्रमाणपत्र अनलाईनबाटै भुक्तानी गर्न मिल्ने व्यवस्था संचालनमा ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बीमा प्राधिकरणले साउन १ गतेदेखि पेपरलेस काममा फोकस गर्ने रणनिति बनाएको छ भने त्यही रणनीति अनुसार अनुसार कम्पनीहरुलाई पनि काम गर्न निर्देशन दिईसकेको अवस्था छ।

प्राधिकरणले बीमा कम्पनीहरुले संचालन गर्दै आइरहेको बीमा अभिकर्ताको तालिम निर्देशिका २०७२ बमोजिम हुनेगरी, विद्युतीय कारोबार ऐन, २०६४ को अधिनमा रही विद्युतीय प्रणलीबाट अनलाईन, भिडियो अन गरी संचालन गर्न सक्ने सम्बन्धमा प्राधिकरणबाट भएको निर्णय भएकाले बीमा कम्पनीहरुलाई सोहि बमोजिम गर्न र गराउन बीमा प्राधिकरणले निर्देशित गरेको हो । प्राधिकरणले सो व्यवस्था लागू गर्न प्रयोगमा ल्याईने सफटवयर संचालन गर्नु अघि बीमा प्राधिकरणमा जानकारी दिन समेत आग्रह गरेको अवस्था छ।

सो को आधारमा बीमा कम्पनीहरुले पनि प्राधिकरणमा अनलाईन माध्यमबाटै अभिकर्ताहरुलाई तालिम र ई– प्रमाणपत्र दिने व्यवस्था गराउन आग्रह गरेको थियो। सो आधारमा बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई विद्युतीय माध्यमबाट तालिम तथा ई– पेपर दिने व्यवस्था लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?