National life

बीमा प्राधिकरण अध्यक्षविरुद्धको मुद्दामा अब वैशाख ८ गते सुनुवाइ हुने, किन सर्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३१ चैत २०८१, आइतबार
470Shares
बीमा प्राधिकरण अध्यक्षविरुद्धको मुद्दामा अब वैशाख ८ गते सुनुवाइ हुने, किन सर्यो ?
ncell

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्षविरुद्ध दायर भएको मुद्दाको अर्को सुनुवाइ २०८२ वैशाख ८ गते हुने भएको छ ।

योग्यता नपुगेको व्यक्तिले नेपाल सरकारलाई झुकाएर बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको भन्दै बदर गर्न मागसहित सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो । सोही मुद्दाको अर्को सुनुवाइ २०८२ वैशाख ८ गतेलाई तोकिएको  ।

सर्वोच्चले लिखित जवाफ माग गर्नुको साथै मुद्दाको विषयमा अन्तरिम आदेश किन जारी गर्नु नपर्ने भन्नेबारे पनि स्पष्टीकरण माग गर्दै, दुवै पक्षको लिखित जवाफ आएपछि मात्र आदेशबारे निर्णय हुने उल्लेख गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई विपक्षी बनाइएको छ ।

आजको लागि तोकिएकोमा न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासमा परेको थियो । आजको मुद्दामा बहस गर्ने कानुन व्यवसायी र न्यायाधीशका बीचमा बहस गर्न नमिल्ने भएपछि हेर्न नमिल्नेमा परेर अर्को दिनका लागि पेशी तोकिएको हो ।

प्राधिकरणका अध्यक्षको योग्यतामाथि परेको मुद्दामा यही वैशाख ३ गतेभित्रमा लिखित जवाफ पेश गरिसक्नुपर्नेछ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
470SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?