National life

‘बीमा बोर्डको अनियन्त्रित खर्चले २४ अर्बको दायित्व सिर्जना गरेको छ’: मन्त्री गौतम

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1.3kShares
‘बीमा बोर्डको अनियन्त्रित खर्चले २४ अर्बको दायित्व सिर्जना गरेको छ’: मन्त्री गौतम
ncell

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोत सुनिश्चित नगरी खर्च गर्दा राज्यमाथि ठूलो आर्थिक दबाब परेको बताएकी छन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवमा मन्त्रीमन्त्री गौतमले चालु आर्थिक वर्षमा स्वास्थ्य बीमाका लागि विनियोजित १० अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिइन्।

उनले स्वास्थ्य बीमा बोर्डले बजेट र स्रोत सुनिश्चित नगरी कार्यक्रम सञ्चालन गर्दा वार्षिक २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएकोप्रति असन्तुष्टि व्यक्त गरिन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्री गौतमले बजेटको सीमा भित्रै खर्च गर्नुपर्नेमा जोड दिँदै भनिन्, “सरकार रुखबाट पैसा निकाल्दैन, नागरिकले तिरेको करबाटै स्वास्थ्य सेवा खर्च गर्नुपर्छ। स्रोत सुनिश्चित नगरी जति मन लाग्छ त्यत्ति सेवा दिँदा प्रणालीमा समस्या देखिन्छ। बीमाको पैसा मन्त्रालयबाट दिएको छैन भनेर समस्या देखाइएको थियो। तर यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्याइएको छ। बीमा बोर्डले श्रोत सुनिश्चित नगरी खर्च गर्दा वार्षिक दायित्व २४ अर्बसम्म पुगेको छ। यसका लागि विपन्न नागरिकले कर तिरेर मात्र भुक्तानी गर्न सक्ने अवस्था छ।”

मन्त्री गौतमले वित्तीय अनुशासन, स्रोतको व्यवस्थित उपयोग, र दिगो व्यवस्थापनका लागि बीमा बोर्ड जिम्मेवार हुनुपर्नेमा पनि जोड दिइन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?