National life

बैंकमा सुन चाँदी धितो राखेर बैंकले दिए ५३ अर्ब कर्जा ,कुन बैंकले कति दिए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० भदौ २०८१, आइतबार
516Shares
बैंकमा सुन चाँदी धितो राखेर बैंकले दिए ५३ अर्ब कर्जा ,कुन बैंकले कति दिए ?
ncell

काठमाडौं। बैंक–वित्तीय संस्थाबाट सुन–चाँदी धितो राखेर प्रवाह हुने कर्जा बढेको छ। राष्ट्र बैंकले जनाए अनुसार २०८१ असार मसान्तसम्म वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक बर्षको भन्दा ५.६३ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक बर्षको असार मसान्तसम्ममा वाणिज्य बैंकहरुले ५० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसअवधिमा १५ बाणिज्य बैंकले कर्जा प्रवाह गरेका छन् भने ५ वटा वाणिज्य बैंकले सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।

गत आर्थिक वर्षमा १५ वाणिज्य बैंकहरुले सुन–चाँदी धितो राखेर प्रवाह गरेको ५३ अर्ब ४२ करोड २५ लाख रुपैयाँ कर्जामध्ये सबैभन्दा धेरै ऋण नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरेका छन्। नेपाल बैंकले समिक्षा अवधिमा २२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो ऋण अघिल्लो वर्षको भन्दा १८.५३ प्रतिशतले बढी हो ।

त्यस्तै , राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ४.७५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा रास्ट्रिय वाणिज्य बैंकले १९ अर्व ३९ करोड प्रवाह गरेको थियो।

एक वर्षको अवधिमा ८ वाणिज्य बैंकको यस शीर्षकमा कर्जा प्रवाह घटेको छ भने ८ वटै बैंकको बढेको छ । त्यस्तै , प्राइम कमर्सियल बैंकले ६ अर्व ८५ करोड,नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्व ७६ करोड,लक्ष्मी सन्राइज बैंकले ६९ करोड ,सिटिजन बैंकले ६९ करोड,नविल बैंकले ४९ करोड रहेको छ।

ग्लोबल आइएमई बैंक,एभरेष्ट बैंक,स्टान्डर्ड चाटर्ड बैंक , नेपाल एसबीआई बैंक र हिमालयनबैंकले भने सुन–चाँदी धितो राखेर कर्जा प्रवाह गरेका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?