National life

बैंक,वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १९२अर्ब ६४ करोड बराबरको कर्जा प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ माघ २०८०, मङ्गलबार
493Shares
बैंक,वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १९२अर्ब ६४ करोड बराबरको कर्जा प्रवाह
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय रु ३६ अर्ब ६ करोडले घाटामा रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु ३६ अर्ब २२ करोडले घाटामा रहेको थियो । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धी रिपोर्टमा सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४४.४ प्रतिशतले वृद्धि भई रु ३९ अर्ब ५६ करोड पुगेको उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु २७ अर्ब ४० करोड रहेको थियो । यस्तै समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६०.६ प्रतिशतले वृद्धि भई रु ९२ अर्ब ८७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ५८ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु ५७ अर्ब ८२ करोड रहेकोमा शिक्षातर्फको व्यय रु ३५ अर्ब ३६ करोड रहेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
493SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?