National life

बैंकहरुले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने,कर्जाको ब्याजदर भने घट्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ वैशाख २०८०, बिहिबार
1.7kShares
बैंकहरुले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने,कर्जाको ब्याजदर भने घट्ने
ncell

काठमाडौं । बैंकहरुले जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने भएको छ । नेपाल बैंकर्स संघको आजको बैठकले बैंशाख महिनाको निक्षेपको ब्याजदर जेठमा कायम राख्ने भएको हो ।

वाणिज्य बैंकहरुको हाल मुद्दति निक्षेपको ब्याजदर ९.९९ प्रतिशत कायम गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्थागत निक्षेपकर्ताको ब्याज दर ७.९९ प्रतिशत छ भने बचतको ब्याज दर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ। कल डिपोजिटको ब्याज दर २.७ प्रतिशत छ।

गत चैतसम्म ११ प्रतिशत रहेको मुद्दति निक्षेपको ब्याजदर बैशाखमा १.०१ प्रतिशत विन्दुले घटाएर ९.९९ प्रतिशतमा झारेका थिए। बैंकहरुले जेठमा पनि यही ब्याजदरलाई निरन्तरता दिने भएका हुन्।

यस अघि बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता कमी हुँदै जाँदा बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशसम्म पु¥याएको थियो ।

बैंकहरुले जेठमा निक्षेपको ब्याजदर नघटाए पनि कर्जाको ब्याजदर भने घट्ने छ। राष्ट्र बैंकले कर्जाको ब्याजदर महिनैपिच्छे परिवर्तन गर्नुपर्ने व्यवस्था गरेको कारण जेठमा कर्जाको ब्याजदर घट्ने भएको हो।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?