National life

बैंकहरूको निष्क्रिय कर्जा ५.२४ प्रतिशत पुग्यो , बैंकलाई कस्तो असर गर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ असार २०८२, आइतबार
638Shares
बैंकहरूको निष्क्रिय कर्जा ५.२४ प्रतिशत पुग्यो , बैंकलाई कस्तो असर गर्ला ?
ncell

काठमाडौं । वाणिज्य बैंकहरूको कुल निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको ऋणमध्ये निष्क्रिय कर्जाको अनुपात ५.२४ प्रतिशत पुगेको छ। यो अनुपात आर्थिक गत वर्ष २०८०/८१ मा ३.९८ प्रतिशतमा सीमित रहेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०२५ को मे मध्य वैशाखसम्म निष्क्रिय कर्जाको रकम २ खर्ब ८९ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष २०८०.८१ को वैशाख मसान्तको तुलनामा यो रकम ९५ अर्ब ८० करोड रुपैयाँ बढी हो । उक्त समयमा निष्क्रिय कर्जा १ खर्ब ९३ अर्ब ७६ करोड रुपैयाँ रहेको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको त्रैमासिक साँवा–ब्याज किस्ता बापतको रकम म्याद नाघेको ६ महिनासम्म पनि प्राप्त हुन नसकेको अवस्थामा स्वतः निष्क्रिय कर्जामा परिणत हुन जान्छ। त्यसैगरी ६ महिनादेखि १ वर्ष नाघेको भए शंकास्पद र १ वर्षको अवधि पूरा भए खराब कर्जाका रूपमा वर्गीकरण गरिन्छ।

ऋण असुलीमा समस्या देखिन थालेपछि राष्ट्र बैंकले गत मार्च महिनादेखि स्वीकार्य निष्क्रिय कर्जा अनुपात ५ बाट ८ प्रतिशत कायम गरेको थियो। खराब कर्जा बढेसँगै गैरबैंकिङ सम्पत्ति गत वर्षको तुलनामा ६३.४५ प्रतिशतले बढेको छ। गैरबैंकिङ अघिल्लो वर्ष वैशाखसम्म २७ अर्ब ६० करोड रुपैयाँ रहेकोमा चालु वर्ष वैशाखसम्म ४५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

निष्क्रिय समूहमा वर्गीकरण हुने कर्जामा २५ देखि १०० प्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) राख्नु पर्ने भएकाले निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुग्दा बैंक तथा वित्तीय संस्थाको समग्र स्वास्थ्यभन्दा पनि नाफामा मात्रै नकारात्मक असर पर्छ ।

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?