National life

बैंकिङ्ग निक्षेपमा एकैदिन १ अर्बले बढोत्तरी, अन्तर बैंक ब्याजदर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ फागुन २०८१, मङ्गलबार
697Shares
बैंकिङ्ग निक्षेपमा एकैदिन १ अर्बले बढोत्तरी, अन्तर बैंक ब्याजदर कति ?
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीको निक्षेप बढ्ने क्रमले फागुन महिनामा समेत निरन्तरता पाएको छ । केन्द्रीय बैंकको फागुन १ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ।

राष्ट्रैंकको माघ ३० गतेको तथ्यांक अनुसार अघिल्लो दिन ६७ अर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। यस तथ्याकलाई हेरेर फागुन १ गतेको तथ्यांकलाई तुलना गर्दा बैंकिङ्ग निक्षेपमा १ अर्बले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त समयमा वाणिज्य बैंकको निक्षेप संकलन पनि बढेको छ । माघ ३० गते ५९ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरूले फागुन १ गते ५९ खर्ब ९८अर्ब रुपैयाँ संकलन गरेका छन्। साथै सोही अवधिमा कर्जा प्रवाहमा समेत वृद्धि देखिएको छ।

माघ ३० गते ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन १ गते ५४ खर्ब ३९ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ। यस्तै, माघ ३० गते ४८ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले फागुन १ गते ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

राष्ट्रबैंकका अनुसार उक्त अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ५३ प्रतिशत कायम भएको छ । पछिल्लो समय कर्जा प्रवाह चलायमान हुन थालेसँगै अधिकांश बैंकहरुले आफ्नो ब्याजदर स्थिर राखेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?