National life

बैंकिङ्ग निक्षेप र कर्जा प्रवाहमा बृद्धि, एक दिनमा बाहिरियो २५ अर्ब रुपैयाँ कर्जा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ माघ २०८१, बिहिबार
547Shares
बैंकिङ्ग निक्षेप र कर्जा प्रवाहमा बृद्धि, एक दिनमा बाहिरियो २५ अर्ब रुपैयाँ कर्जा
ncell

काठमाडौँ । केन्द्रीय बैंकको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेप र कर्जा प्रवाहमा बृद्धि भएको छ । बैंकको माघ २१ गतेको तथ्यांक अनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। सोही अघिल्लो दिन ६७ अर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो।

यस्तै, उक्त समयमा वाणिज्य बैंकहरूले संकलन गर्ने निक्षेपमा पनि वृद्धि देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
माघ २० गते ५९ खर्ब ८६ अर्ब रुपैयाँ संकलन गरेका वाणिज्य बैंकहरूले २१ गते ५९ खर्ब ९० अर्ब रुपैयाँ संकलन गरेका छन्।

निक्षेप संकलन सहित त्यस अवधिमा कर्जा प्रवाहमा समेत वृद्धि देखिएको छ।  माघ २० गते ५४ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट ५४ खर्ब २५ अर्ब रुपैयाँ रकम बराबरको कर्जा प्रवाह भएको छ।

यस्तै, सो समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जामा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ४८ खर्ब ७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले २१ गते ४८ खर्ब १२ अर्ब रुपैयाँ प्रवाह गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?