National life

बैंकिङ्ग प्रणालीमा ६७ खर्ब भन्दा बढीको निक्षेप संकलन, कर्जा प्रवाह कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ माघ २०८१, मङ्गलबार
777Shares
बैंकिङ्ग प्रणालीमा ६७ खर्ब भन्दा बढीको निक्षेप संकलन, कर्जा प्रवाह कति ?
ncell

काठमाडौँ –केन्द्रीय बैंकको एक तथ्यांक अनुसार बैंकिङ्ग निक्षेप र कर्जा प्रवाह दुवैमा वृद्धि देखिएको छ। बैंकको माघ १० गतेको तथ्यांक अनुसार बैंकिङ्ग प्रणालीमा ६७ खर्ब १६ अर्ब निक्षेप संकलन भएको छ।

अघिल्लो दिन माघ ९ गतेका दिन बैंकिङ्ग प्रणालीमा ६७ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। सोही समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलनमा पनि ९ अर्ब रुपैयाँले  घटेको देखिएको छ।

बैंकको तथ्यांक अनुसार माघ ९ गते ५९ खर्ब ७२ अर्ब संकलन गरेको वाणिज्य बैंकहरुले माघ १० गते ५९ खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस अवधिसम्म कर्जा प्रवाहमा पनि सामान्य वृद्धि देखिएको छ ।

माघ ९ गते ५४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा माघ १०  गते ५४ खर्ब १२ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ । माघ ९ गते ४७ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूले माघ १० गते ४६ खर्ब ९९अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । उक्त समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?