National life

बैंक वित्तीय संस्थामा अधिक तरलता ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ फागुन २०८०, बिहिबार
501Shares
बैंक वित्तीय संस्थामा अधिक तरलता ५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएको कारण कर्जा विस्तार हुन नसकेको भन्दै नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब तरलता खिच्ने भएको छ।

बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत फागुन २४ देखि चैत ८ गतेसम्मका लागि ५० अर्ब निक्षेप संकलन गर्न लागेको एक सूचना मार्फत जानकारी गराएको छ । राष्ट्र बैकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन्।

ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने रकम ५० अर्बसम्मै बोल गर्न सक्नेछन् ।

Royal Enfield
nic asia capital
संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले चैत ८ गते भुक्तान गर्ने सूचना उल्लेख गरिएको छ ।

ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी सोही क्रमले बोल गरिएको रकम क्रमशः  बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउने भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
501SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?