- काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले बोनस प्रस्ताव पारित गर्न असोज २३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।
साथै, कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेटिएको छ। सभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते बुक क्लोज हुनेछ ।
































