National life

ब्याजदर घटेसँगै घरकर्जा प्रवाहमा तीव्र वृद्धि, एनआइसी र ग्लोबल आइएमई अग्रभागमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
541Shares
ब्याजदर घटेसँगै घरकर्जा प्रवाहमा तीव्र वृद्धि, एनआइसी र ग्लोबल आइएमई अग्रभागमा
ncell

काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट व्यक्तिगत आवासीय घर निर्माणका लागि कर्जाको प्रवाह तीव्र रूपमा वृद्धि भएको छ । ब्याजदर घट्दै गएको र बैंकिङ प्रणालीमा तरलता बढेको कारण घर कर्जामा वृद्धि भएको जानकारहरुको भनाई छ ।

निक्षेपको ब्याजदर घट्नाले बैंकहरूको लागत कम भएको छ, जसले कर्जाको ब्याजदर पनि सस्तो बनाएको छ। सस्तो ब्याजदर र सहज कर्जा उपलब्धताले घर निर्माण तथा खरिदमा उत्साह थप गरेको देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा वाणिज्य बैंकहरुले ३ खर्ब १९ अर्ब ८१ करोड ४२ लाख रुपैयाँ घर कर्जा प्रवाह गरेका छन्। यो गत आवको सोही अवधिको तुलनामा ५.१८ प्रतिशतले धेरै हो।

गत वर्षको सोही अवधिमा बैंकहरुले ३ खर्ब ४ अर्ब ३ करोड ५३ लाख रुपैयाँ घर कर्जा दिएका प्रवाह गरेका थिए । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सबैभन्दा धेरै घर कर्जा दिनेमा एनआइसी एशिया बैंक रहेको छ । मंसिर महिनासम्म बैंकले ५३ अर्ब ९६ करोड ७९ लाख कर्जा प्रदान गरेको छ।

त्यस्तै, धेरै घर कर्जा दिने बैंकको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ, बैंकले पाँच महिनाको अवधिमा ३६ अर्ब ६७ करोड ५७ लाख रुपैयाँ घर कर्जा दिएको छ। पाचँ महिनाको अवधिमा घर कर्जा दिने बैंकहरुमा क्रमशः नबिल बैंकले २६ अर्ब ८८ करोड ५५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २६ अर्ब ४९ करोड ९२ लाख रुपैयाँ, एभरेष्ट बैंकले २२ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १८ अर्ब ३७ करोड १३ लाख रुपैयाँ, एनएमबि बैंकले १६ अर्ब २६ करोड रुपैयाँ प्रदान गरेको छ ।

समीक्षा अवधिमा ब्यक्तिगत घर कर्जामा स्टान्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ७९ करोड ६३ लाख, प्राइम बैंकले ८ अर्ब ३० करोड ७३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ७ अर्ब ५६ करोड ६३ लाख, माछापुच्छ्रे बैंकले ६ अर्ब ३५ करोड, हिमालय बैंकले ५ अर्ब ४ करोड र नेपाल एसबिआई बैंकले २ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ घर कर्जा दिएका छन् ।

राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार प्रभु बैंकले १३ अर्ब ५२ करोड ४२ लाख, सिद्धार्थ बैंकको १२ अर्ब ९३ करोड ६५ लाख, कुमारी बैंकको १२ अर्ब ७० करोड ७० लाख, कृषि विकास बैंकको ११ अर्ब १६ करोड ८२ लाख, सिटिजन बैंकको १० अर्ब ३३ करोड ५३ लाख रुपैयाँ, नेपाल बैंकले १० अर्ब १४ करोड ८४ लाख, सानिमा बैंकको ९ अर्ब १९ करोड २१ लख रुपैयाँ घर कर्जा प्रवाह गरेका छन् ।

साथै गत आर्थिक वर्षको मंसिर महिनाको तुलनामा ७ वटा वाणिज्यबैंकहरुले घर कर्जा घटाएका छन् । यस अवधिमा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले( १२ प्रतिशत) कर्जा घटाएको छ । त्यस्तै हिमालयन बैंकले ११.५० प्रतिशत, लक्ष्मी सनराइस बैंकले ९.३० प्रतिशत, एनआइसी एसिया बैंकले ९.९४ प्रतिशत, प्रभूबैंकले ६.९३ प्रतिशत, माछापुच्छ्रे बैंकले ३.३९ र एभरेष्ट बैंकले १.८९ प्रतिशत कर्जा घटाएको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
541SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?