National life

भारतीय चन्द्रयान–३ चन्द्रमामा अवतरण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०६ भदौ २०८०, बुधबार
894Shares
भारतीय चन्द्रयान–३ चन्द्रमामा अवतरण
ncell

भारतले चन्द्रमामा सफलता हात पारेको छ । चन्द्रयान–३ ले चन्द्रमाको सतहमा अवतरण गरेर इतिहास रचेको छ । भारत चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश बनेको छ।

चन्द्रमामा विक्रम ल्यान्डरको सफ्ट ल्याण्डिङपछि प्रज्ञान रोभर त्यहाँबाट निस्कनेछ र अनुसन्धान र जानकारी सङ्कलन गर्न चन्द्रमाको सतह वरिपरि घुम्नेछ। श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उडेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भारतले चन्द्रमामा सफलता हात पारेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

बुधबार ट्वीट गर्दै प्रधानमन्त्रीले भारतले चन्द्रमामा सफलतापूर्वक चन्द्रयान–३ अवतरण गर्न सफल भएको तथा विज्ञान र अन्तरिक्ष प्रविधीमा ऐतिहासिक सफलता हासिल गरेको बताए।

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले पनि भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।

“आज भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ, यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतवासी सबैलाई बधाई । पूर्वीय ज्ञानले विज्ञानका क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौँ”, उनले भनेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
894SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?