National life

भारत र पाकिस्तानबीच युद्धविराम घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ वैशाख २०८२, शनिबार
563Shares
भारत र पाकिस्तानबीच युद्धविराम घोषणा
ncell

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार आज बेलुका ५ बजेदेखि लागू हुनेगरी युद्धविराम घोषणा भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भारत र पाकिस्तान तत्काल युद्धविराममा जान सहमत भएका हुन् । जम्मू–कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलापछि भारत र पाकिस्तानबीच तनावको स्थिति बनेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भारतले उक्त घटनाको जवाफस्वरुप पाकिस्तानका विभिन्न क्षेत्रहरुमा आक्रमण गरेको थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि आज बेलुकी ५ बजेबाटै युद्धविराम लागू भएको बताइसकेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
563SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?