National life

भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन, को को छन् समितिमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० असार २०८२, मङ्गलबार
465Shares
भिजिट भिसा प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन, को को छन् समितिमा ?
ncell

काठमाडौँ । सरकारले भिजिट भिसा सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधानका लागि उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको छ ।

आजको प्रतिनिधिसभा बैंठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले पूर्व मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समिति बनाइएको भन्दै नामावली प्रतिनिधिसभामा गृहमन्त्री लेखकले जानकारी गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भिजिट भिसा र अध्ययनका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेकाले यसको निष्कर्ष आएपछि आवश्यकताअनुसार अनुसन्धान गरिने बताएका छन् । उनले जिम्मेवार आयोगले नै छानबिन गरिरहेकाले अर्को छानबिन समिति गठन गर्नु उपयुक्त नहुने बताउँदै अख्तियारले चाहेको सहयोग सरकारले व्यवस्था गरेका छन् ।

Royal Enfield
nic asia capital

त्यस्तै दोस्रो बुँदामा उनले लामो समयदेखिको भिजिट भिसा प्रकरणको विगतदेखिको समस्या समाधान गर्नका लागि सरकार तत्पर रहेको र त्यसका लागि सरकारले महत्त्वपूर्ण निर्णय गरेको बताए ।

वैरागीको संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य रहेको गृहमन्त्री लेखकले जानकारी दिएका छन् ।

समितिको सदस्यसचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?