National life

भोटेकोशीमा फेरि आयो बाढी, त्रिशूली-काठमाडौं प्रसारण लाइनमा पुर्‍यायो क्षति

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ साउन २०८२, बुधबार
589Shares
भोटेकोशीमा फेरि आयो बाढी, त्रिशूली-काठमाडौं प्रसारण लाइनमा पुर्‍यायो क्षति
ncell

काठमाडौँ । बुधबार बिहानदेखि भोटेकोशीमा भीषण बाढी आएको छ । बाढीका कारण त्रिशूलीको जल सतह ह्वात्तै बढेको छ ।

रसुवा र नुवाकाटका स्थानीय प्रशासनले सतर्क रहन तटीय क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईका अनुसार बाढीले जिल्लाको पैरेबेँसी, वेत्रावती, त्रिशूली, देवीघाटलगायत स्थानमा कटान गरेको छ ।

Royal Enfield
nic asia capital
बाढी बस्तीतर्फ पनि पस्ने सक्ने भएकाले सुरक्षित रहन प्रशासनले आग्रह गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानले ‘माइकिङ’ गरेर नदी आसपासमा भएका घरपरिवारका सदस्यलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन् । बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ स्थित ‘त्रिशूली–काठमाडौं प्रसारण लाइन’को स्टेसनमा क्षति भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?