National life

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट ३ अमेरिकी वैज्ञानिक पुरष्कृत

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२१ असोज २०८२, मङ्गलबार
1.3kShares
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारबाट ३ अमेरिकी वैज्ञानिक पुरष्कृत
ncell

काठमाडौं । यस वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार ३ अमेरिकी वैज्ञानिकहरूले पाएका छन् ।

तीन अमेरिकी वैज्ञानिक जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिस यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको नोबेल पुरस्कारद्वारा मंगलबार अपरान्ह सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।

विजेताहरूलाई ११ मिलियन स्विडिस क्रोना ९करिब १ करोड ६५ लाख रुपैयाँ०, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ। यो पुरस्कार डिसेम्बर १० तारिखमा स्टकहोममा प्रदान गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

स्विडिस रोयल एकेडेमी अफ साइन्सेसका अनुसार, यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार ‘एक विद्युतीय सर्किटमा देखिएको म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा क्वान्टाइजेसनको खोजका लागि’ प्रदान गरिएको हो ।उनीहरूले चिपमा गरेका प्रयोगहरूले क्वान्टम भौतिकीलाई प्रत्यक्ष रूपमा देखाएका विज्ञप्तिमा उल्लेख छ ।

क्वान्टम मेकानिक्सले कणलाई एउटा अवरोध सीधै पार गर्न अनुमति दिन्छ, जसलाई टनेलिङ भनिन्छ।

सामान्यतया धेरै कणहरू संलग्न हुँदा यस्ता क्वान्टम प्रभावहरू हराउँछन्, तर विजेताहरूका प्रयोगहरूले क्वान्टम गुणहरू म्याक्रोस्कोपिक ९ठूलो० स्तरमा पनि ठोस रूपमा देखिन सक्छन् भन्ने देखाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?