National life

मंसिर मसान्तसम्म ६ अर्ब बढीको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीमा कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
1.2kShares
मंसिर मसान्तसम्म ६ अर्ब बढीको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीमा कति ?
ncell

काठमाडौँ। चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीहरूमा ६ अर्ब बढीको बीमा पोलिसी सरेण्डर भएका छन् ।

प्रस्तुत तथ्यांक अनुसार बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्यामा बढेको देखिएको छ । जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रस्तुत तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूमार्फत ४५ हजार ६० वटा बीमा पोलिसी बापत ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंसिर मसान्तसम्ममा ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी बापत १ अर्ब ९३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ । त्रैमाससम्मको अवधिमा एलआईसी नेपालको सर्वाधिक बीमा पोलिसी सरेण्डर भएको छ।

त्यस्तै, नेपाल लाइफ दोस्रो स्थानमा रहेको छ । यस अवधिसम्म कम्पनीमा १० हजार ३ सय १७ वटा बीमा पोलिसी बापत १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार एशियन लाइफको ४० करोड रुपैयाँ, नेशनल लाइफको ३७ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको ३२ करोड ६४ लाख रुपैयाँ, हिमालयन लाइफको २८ करोड रुपैयाँ र मेट लाइफको १७ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

                                      

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?