National life

मध्यपूर्व तनावका कारण प्रभावित ६५ हजार बढी नेपालीले गरे नाम दर्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२८ फागुन २०८२, बिहिबार
1.1kShares
मध्यपूर्व तनावका कारण प्रभावित ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
ncell

काठमाडौं। पश्चिम एसियामा बढ्दै गएको द्वन्द्वका कारण परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमा अहिलेसम्म ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराइसकेका छन्।

त्यसरी दर्ता भएका विवरण अध्ययन गरी आवश्यकताअनुसार कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्केको छ ।

त्यहाँबाट नेपाली नागरिकको उद्धार तथा आवश्यक सहायतालगायतका प्रयोजनका लागि विभागद्वारा उक्त अनलाइन पोर्टल यही फागुन १८ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सो पोर्टलमा उक्त क्षेत्रमा रहेका नेपाली राजदूतावासमार्फत नेपाली नागरिकको विवरण सङ्कलन गर्ने कार्य भइरहेको विभागका महानिर्देशक दुपर्दा सापकोटाले बताइन् ।

परराष्ट्र मन्त्रालय र त्यहाँस्थित नेपाली नियोगहरूले निरन्तर सक्रियतापूर्वक काम गर्दै, समस्या परेका नागरिकको उद्धार र सहयोगमा समन्वय गरिरहेका छन्।  त्यसैगरी, परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठन भएको ‘Emergency Response Team’को बुधबार सम्पन्न दोस्रो बैठकले पश्चिम एसियास्थित सबै नियोगलाई समस्या परेका नेपालीसँग सक्रिय सम्पर्क राख्ने निर्देशन दिएको छ।

मन्त्रालयले त्यहाँ रहेका सबै नेपालीलाई सचेत, संयमित र सजग रहन अनुरोध गरेको छ र कानुनविपरीत फोटो, भिडियो वा अडियो सामग्री रेकर्ड गर्ने तथा आदानप्रदान गर्ने गतिविधि नगर्न सुझाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?