काठमाडौँ । नेकपा एकीकृत समाजवादीले हालसम्म यकिन गर्न नसकेको मन्त्रीको अहिले भने नाम निश्चित गरेको छ ।
एकीकृत समाजवादीले दुई जना मन्त्री सहभागी हुने भएका छन्।
पार्टीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बन्ने भएका हुन् । जोशी संघीय मामिला तथा सामान्य प्रशासन र बुढा सहरी विकास मन्त्री बन्ने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको हो ।
उनीहरुको नाम समेत शपथका लागि राष्ट्रपति कार्यालयमा पुगेको कार्यालयको भनाई छ । योसँगै नयाँ मन्त्रीमण्डलको संख्या २० पुगेको छ ।


































