National life

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
629Shares
महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण अनुसार महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत (कस्ट अफ फन्ड) भएको विकास बैंक बन्न सफल भएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ चैत्र मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही समीक्षा अवधिमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधार दरमा समेत परेको छ । जसअनुसार बैंकको आधार दर चैत्र मसान्तसम्म आइपुग्दा ७.१४ प्रतिशत पुगेको छ । यो सूचक अन्य बैंकहरूको तुलनामा कम रहेको महालक्ष्मी बैंकले जनाएको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याज दर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्ने बैंकको दाबी छ ।

त्यसै गरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनत्तम पुँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनत्तम पुँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरूलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरूमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने बैंकले जनाएको छ ।

हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम बैंकले मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै "महालक्ष्मी स्मार्ट साथी" सञ्चालनमा ल्याएको छ । आगामी दिनमा आफ्ना वित्तीय सेवाहरूलाई थप प्रविधिमैत्री बनाउँदै जाने समेत बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?