National life

मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको विन नेपालको एफपीओ आइतबार बाँडफाँट हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
532Shares
मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको विन नेपालको एफपीओ आइतबार बाँडफाँट हुने
ncell

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते आइतबारका दिन बाँडफाँट गरिने भएको छ । बिहान ८ बजे ठमेल स्थित आफ्नै कार्यालयमा एफपीओ बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।

यता, विन नेपाल लघुवित्तको एफपीओमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ। यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन्। जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ।

कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको थियो। क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?