National life

 मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ कात्तिक २०८१, आइतबार
667Shares
 मानव तस्करीको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
ncell

काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभाका सांसद तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।

अदालतबाट पक्राउको अनुमति पाएपछि अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई हवाइजहाजमा काठमाण्डौ पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

संगठित गिरोहमार्फत अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गरेकोमा फिर्ता भएका थिए ।

अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिइ जापान पुगेका थिए । यो प्रकरणमा अरू तीन जना पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुले लाखौँ रकम बुझाएको बयान दिएका छन् । कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

तर अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?