National life

मापसे गरी गाडी चलाएको आरोपमा ब्रिट्नीलाई मुद्दा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१८ वैशाख २०८३, शुक्रबार
1.1kShares
मापसे गरी गाडी चलाएको आरोपमा ब्रिट्नीलाई मुद्दा
ncell

काठमाडौँ। पप गायिका ब्रिट्नी स्पेयर्सविरुद्ध बिहीबार क्यालिफोर्नियामा फौजदारी अभियोगको अभियोजन पत्र दायर भएको छ। मादक पदार्थ सेवन गरी गाडी चलाएको आरोपमा गत महिना उनी पक्राउ परेकी थिइन्।

उनलाई गत ४ मार्चमा दक्षिणी क्यालिफोर्नियास्थित राजमार्गमा उच्च गतिमा अनियन्त्रित रूपमा आफ्नो बीएमडब्ल्यू चलाएपछि प्रहरीले नियन्त्रणमा लिएका थिए तर गायिकाका प्रतिनिधिले भने उक्त घटनालाई ‘पूर्णत अक्षम्य’ बताएका थिए । घटनापछि ४४ वर्षिया गायिकाले पटक पटक रिहाब सेन्टर लगिएकी थिइन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भेन्चुरा काउन्टीस्थित जिल्ला न्यायाधिवक्ताको कार्यालयले ब्रिट्नीविरुद्ध उक्त मुद्दा दर्ता गराएको थियो। उक्त घटनाको पेशी आगामी सोमबारका लागि तोकिएको भए पनि सामान्य अभियोग भएकाले गायिका स्वयं भने अदालतमा उपस्थिति हुनु पर्ने छैन ।

‘तर ब्रिट्नी सुनुवाइमा उपस्थित हुने वा नहुने भन्ने बारेमा उनी र उनका वकिलबीचको आपसी सल्लाहमा तय हुनेछ,’ न्यायाधिवक्ताको कार्यालयले भनेको छ ।

अभियोजन दर्ता गर्ने सरकारी वकिलको कार्यालयले भने उक्त घटना कुनै दुर्घटना वा हताहती नभएकोले गायिका दोषी नै पाइएको खण्डमा पनि जेल सजाय भने नहुने बताएको छ।

अभियोजनकर्ताले पनि गायिकाले मादकपदार्थ वा लागूपदार्थ सेवन गरी गाडी चलाएकोमा गल्ती स्वीकार गरेमा कमभन्दा कम सजायका लागि छुट दिन सक्ने बताएका छन् । ब्रिट्नीलाई यस्तो विकल्पको मौका दिइन सक्ने जिल्ला वकिलको कार्यालयका जोए बुट्टिटाले बताए । यस्ता घटनामा प्रायः दोषीलाई एक वर्षको लागि परीक्षणकालमा राखिनुका साथै मादकपदार्थ सेवन गरी सवारी चलाउनेका लागि दिइने कक्षा लिन र जरिवाना पनि तिराइन्छ ।

ब्रिट्नीका प्रतिनिधिले भने उनले सही कदम चाल्ने र कानुनको पालना गर्नेमा आशावादी छन् । ‘र, यो नै गायिकाका लागि लामो समयदेखि चाहिएको जीवनमा परिवर्तनको पहिलो सही कदम पनि हुनेछ,’ ब्रिट्नीका आफन्तले भनेका छन्, ‘उनको यो कठिन समयमा सबैले साथ र सहयोग पनि दिनेछन् ।’

सन् २०१६ मा पछिल्लो एल्बम ल्याएपछि सांगीतिक रूपमा पनि निष्क्रिय देखिँदै आएकी उनले युगल गायनमा मात्र केही गीतमा काम गरेकी छन् । साम अस्घरीसँगको दाम्पत्य जीवन दुई वर्षमा नै टुंगिएपछि २०२४ देखि एक्लै दुई सन्तान हुर्काईरहेकी गायिका ब्रिट्नी पछिल्ला वर्ष मानसिक तनाव छिन् भने यसैका कारण उनी लागू दूर्व्यसनको कुलतमा फसेको बताइको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?