National life

माबिलुङ इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला, कसले कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
537Shares
माबिलुङ इनर्जीको आईपीओमा आजदेखि आवेदन खुला, कसले कहाँ दिने आवेदन ?
ncell

काठमाडौँ । माबिलुङ इनर्जी लिमिटेडले आज (असार २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ।

कम्पनीले ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ जारी पुँजीको ४८.९९९८ प्रतिशत हिस्सा अर्थात् १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्कासन गर्न लागिएको हो। यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता शेयर सङ्खुवासभा जिल्लाको मादि नगरपालिका वडा नं.

Royal Enfield
nic asia capital
७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८,९ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ।

त्यस्तै, १ लाख ५० हजार ४७१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्टाइएको छ। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। स्थानीय बासिन्दाका लागि आवेदनको म्याद छिटोमा साउन ४ गतेसम्म र ढिलोमा साउन १९ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ। कम्पनीको आईपीओ रेटिङ इक्रा नेपालले दिएको रेटिङ अनुसार ‘इक्रा एनपी इस्यूअर रेटिङ बी प्लस’ रहेको छ, जसले औसत जोखिम देखाउँछ ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंक चैनपुर, हिमालयन बैंक मादि, लक्ष्मी सनराइज बैंक खाँदबारी लगायत स्थानबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?