काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारका लागि ४ सदस्यीय अध्ययन समिति गठन गरेको छ । बोर्डले कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा ४ सदस्यीय समिति बनाएको हो ।
समितिमा सुपरभिजन प्रमुख रुपेश केसी, रेगुलेसन विभागबाट अम्बिका गिरी,कानून विभागबाट निरञ्जय घिमिरे र एक सदस्य ब्रोकर नियमन बिभागबाट गरेर ४ सदस्य रहेका छन् । उक्त समितिले अब मार्जिन कारोबरसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरेर पेश गर्नेछ ।
यसअघि नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको थियो । बोर्डले धितोपत्र नियमावली २०८२ लागू गर्दै धितोपत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार गरेको थियो ।


































