National life

मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ प्रकाशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ जेठ २०८२, आइतबार
1KShares
मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ प्रकाशन
ncell

काठमाडौँ, । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका मुख्य मुख्य तथ्याङ्कको विश्लेषणसहितको मासिक तथ्याङ्क संस्करण ‘बीमा प्रतिबिम्ब’ को प्रकाशन सुरू गरेको छ ।

बीमा कम्पनीको वित्तीय अवस्था, बीमा पहुँच, बीमा दाबी, दाबी फर्छ्यौट, बीमालेख संख्या, बीमाशुल्क सङ्कलन लगायत बीमा क्षेत्रका प्रमुख सूचकको अध्ययन गरी विश्लेषणात्मक तथ्याङ्क संस्करण मासिक रूपमा प्रकाशन गर्न सुरू गरिएको हो।

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्याङ्क संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क सङ्कलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी सङ्ख्या, बीमकको लगानी विवरण, कूल बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन र सोल्भन्सी अनुपात लगायतका विवरण समावेश छन् ।

प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको पारदर्शिता, जबाफदेहिता तथा नीति निर्माणका लागि आधार तयार हुने अपेक्षाका साथ मासिक रूपमा बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करण प्रकाशन गर्न सुरू गरिएको जानकारी दिए ।अध्यक्ष ओझाले बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणबाट बीमक, नीति निर्माता, अनुसन्धानकर्ता र आम नागरिकलाई बीमा क्षेत्र सम्बन्धी समग्र जानकारी प्राप्त हुने तथा यसको नियमित प्रकाशनबाट बीमा क्षेत्रमा भएका प्रगति, विद्यमान चुनौती तथा नीतिगत आवश्यकता पहिचान गर्न समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चालू आर्थिक वर्षको चैत मसान्तसम्मको मासिक तथ्याङ्क संस्करणमा यस अवधिमा जारी भएका बीमालेख संख्या, बीमाशुल्क सङ्कलन, दाबी भुक्तानी विवरण, समर्पण तथा व्यतित विवरण, बीमकका शाखा कार्यालय तथा कर्मचारी सङ्ख्या, बीमकको लगानी विवरण, कूल बीमालेख सङ्ख्या, बीमाशुल्क सङ्कलन र सोल्भन्सी अनुपात लगायतका विवरण समावेश छन् ।

यसैगरी, चालू आर्थिक वर्षको चैत मसान्तमा नेपाल बीमा प्राधिकरणबाट सम्पादन भएका काम कार्वाहीसहित मुख्य मुख्य उपलब्धीहरू बीमा क्षेत्रको विश्लेषणात्मक तथ्याङ्क संस्करणमा समावेश गरिएका छन् । जसअनुसार, प्राधिकरणबाट नियामकीय काम कारबाही, दाबी उजुरी दर्ता तथा फर्छ्यौट, बीमकहरूको स्थलगत निरिक्षण, सम्पत्ति शुद्धीकरण निवारणका लागि भएका कार्य र बीमालेख स्वीकृति लगायतका मुख्य मुख्य विषयहरू विश्लेषणात्मक संस्करणमा समावेश छन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?