काठमाडौँ । शान्तिपूर्ण भनिएको राजवादीको प्रदर्शनमा प्रदर्शनकारीले व्यापारिक तोडफोड गरेका छन् ।
प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आन्दोलनकारी थप आक्रोशित हुँदै उनीहरूले तीनकुनेमा व्यापारी घर,पसलहरूमा समेत ढुंगामुडा प्रहार गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।
ढुंगामुडा प्रहारबाट केही घर र पसलमा क्षति पुगेको छ। प्रदर्शनकारीहरूले तीनकुनेको एक व्यापारी घरमा तोडफोड गरी कागजपत्र निकालेर जलाइरहेका छन्।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनकारीबिच दोहोरो झडप भएको छ। झडपमा केही प्रहरी र आन्दोलनकारी घाइते भएका छन्। अहिले तीनकुने क्षेत्र तनावग्रस्त बनेको छ।
यता, समाजवादी मोर्चाले भने काठमाडौँमा शान्तिपूर्ण जनसभाको गरिरहेको छ । ‘यथास्थिति र प्रतिगामी षडयन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्ध र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ ’ भन्ने नाराका साथ मोर्चाले जनसभाको सञ्चालन गरिरहेको छ ।
यसअघि, विभिन्न स्थानबाट र्यालीसहित मोर्चाका नेता–कार्यकर्ता प्रदर्शनीमार्गस्थित कार्यक्रम स्थलमा पुगेर कोण सभामा परिणत भएका छन् ।
































