National life

मेटलाइफ नेपालको लिगेसी ट्री कार्यक्रमको आधिकारिक घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ चैत २०८०, बुधबार
753Shares
मेटलाइफ नेपालको लिगेसी ट्री कार्यक्रमको आधिकारिक घोषणा
ncell

काठमाडौं ।मेटलाइफ नेपालले आफ्नो लिगेसी ट्री कार्यक्रमको आधिकारिक सुरुवातको घोषणा गरेको छ, जहाँ कम्पनीले जीवन बीमा मृत्यु दाबी भुक्तानी गरेको प्रत्येक प्रियजनको सम्मानमा एउटा रुख रोप्ने वाचा गर्दछ । रूखले बीमितको स्मृतिलाई सम्मान गर्दछ, साथै वन विनाशको लडाइँ, सफा हावा, र जनावरहरूको लागि बासस्थान, र भूमि संरक्षण प्रदान गर्दछ ।

जीवन बीमा दाबी भुक्तानी गरेपछि, कम्पनीले प्रत्येक लाभार्थीलाई उनीहरूको आफ्नो प्रियजनको सम्झनामा रूख रोपिएको सूचित गर्ने पत्र प्रदान गरिनेछ । मृतकलाई सम्मान गर्नुका साथै कार्यक्रम अन्तर्गत रोपिएका रुखहरूले बारा जिल्लाको पुनरुत्थानको प्रयासमा योगदान पु¥याउने र भावी पुस्तालाई पनि फाइदा पुग्ने बताइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आर्बर डे फाउन्डेसन र उनीहरूको कार्यान्वयन साझेदार इकोकल्चरले यस कार्यक्रम सञ्चालन गर्नेछ। २०२३ को अन्त्यमा कार्यक्रम सुरु भएदेखि यस क्षेत्रको इकोसिस्टमलाई सहयोग गर्दै बारामा ७,००० रुख रोपिएका छन् । जब बिरुवाहरुले जरा लिन्छ र आकाशमा पुग्छ, तिनीहरूले आशा, र सामूहिक कार्यको शक्तिको प्रतीक बनाउँछन् जसले आगामी पुस्ताहरूका लागि हरियाली, अझ समृद्ध भविष्य सुनिश्चित गर्दछ ।

बाराले वन फँडानी र नदीजन्य उत्खननले परिस्थितिक विनाशको चपेटामा परेको छ, जसले वातावरणीय पूर्वाधारलाई खतरामा पारेको छ । कटानले सडक र बिजुलीका पोलहरू जोखिममा पारेका छन्, जबकि बाढी र नदीको क्षतिले घरहरू, व्यवसायहरू र ताजा पानीको आपूर्तिलाई जोखिममा पारेको छ । लिगेसी ट्री कार्यक्रम मार्फत रोपिएका ७,००० रूखहरू आर्बर डे फाउन्डेसनले लगभग ७६४ मेट्रिक टन कार्बन डाइअक्साइड निकाल्ने, लगभग ३,२२० ग्यालन पानीको बहावलाई रोक्न, र ४० वर्षमा लगभग ११.८८ टन वायु प्रदूषकहरू हटाउने अनुमान गरेको छ । मेटलाइफको दिगोपन प्रतिवद्धतालाई प्रतिबिम्बित गर्दै पुनरुत्थान पहलले दीर्घकालीन रोजगारी, सामुदायिक सहयोग र वातावरणीय तालिम सञ्चालन गर्ने लक्ष्य पनि राखेको छ ।

आर्बर डे फाउन्डेशनको बारेमाः

१९७२ मा स्थापित, आर्बर डे फाउन्डेसन रूख रोप्न समर्पित संसारको सबैभन्दा ठूलो सदस्य गैर–नाफामुखी संस्था हो । यस संस्थाले व्यक्तिहरू, नगरपालिकाहरू, निगमहरू, र रोपण संस्थाहरूको एक विविध समूह समावेश गराई विश्वभर रूखहरू रोप्न सक्षम गर्दछ । साथै यस फाउन्डेशनले विभिन्न देशका संस्थाहरुसंग साझेदारी तथा सहकार्य गर्दछ जो उनीहरूले सेवा गर्ने क्षेत्रमा गहिरो रूपमा संलग्न छन् र सही स्थानहरूमा सही रूखहरू रोप्नका लागि सबैभन्दा ठूलो प्रभाव पार्ने सेवा गर्दछन् ।

यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?