National life

मेट लाइफले सार्वजनिक गर्यो नयाँ बोनसदर , अधिकतम ८० रुपैयाँसम्म पाउने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ मंसिर २०८०, मङ्गलबार
667Shares
मेट लाइफले सार्वजनिक गर्यो नयाँ बोनसदर , अधिकतम ८० रुपैयाँसम्म पाउने
ncell

काठमाडौं । मेट लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आव २०७९।०८० को जीवन बीमा कोष र बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार बीमितले अधिकतम् ८० रुपैयाँसम्म बोनस पाउनेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीका अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ४५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनसदर पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ५५ रुपैयाँ र २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ ।

त्यस्तै, सावधिक जीवन बीमालेखमा न्युनतम प्रति हजार ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्मको बोनस पाउनेछन् । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ तथा २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनस निर्धारण गरेको हो ।

कम्पनीले शिक्षा संरक्षण जीवन बीमालेखमा न्यूनतम ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म दिने भएको छ । कम्पनीले यसमा १ देखि १५ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको लागि ७० रुपैयाँ त्यस्तै, २१ वर्ष र सोभन्दा माथिको लागि प्रति हजार ८० रुपैयाँसम्म बोनसदर कम्पनीले निर्धारण गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?