National life

मौद्रिक नीति समीक्षाले समेत जगाएन आशा , शेयर बजारमा निरन्तरको गिरावट कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ जेठ २०८२, सोमबार
1.5kShares
मौद्रिक नीति समीक्षाले समेत जगाएन आशा , शेयर बजारमा निरन्तरको गिरावट कायमै
ncell

काठमडौं । अघिल्लो दिन ९.४२ अंकले घटेर २६७९.१२ को विन्दुमा कायम भएको नेप्से सूचकमा आज दोस्रो दिन समेत झिनो अंकको गिरावट आएको छ ।

आज नेप्से २.९७ अंकले घटेर २६७७ को विन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३३७ सूचीकृत कम्पनीको १ करोड ७१ लाख ६० हजार ६ सय २५ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ५८ करोडको शेयर कारोबार भएको छ।

https://www.youtube.com/watch?v=zksUO-w-4Qs

आज ट्रेडिङको उपसूचकमा भने आज उछाल आएको छ। चार उपसूचक बाहेक सबैमा गिरावट आएको छ। बैंकिङ्ग, उत्पादनमूलक, म्युचुअल फण्ड र ट्रेडिङ्ग बोहक सबै उपसूचक राताम्मे भएको छ।

आज घटेको बजारमा सबैभन्दा बढी राधी विद्युत् कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६४ करोड ३१ लाख ५० हजार रुपैया बराबरको कारोबार भएको छ। कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको ५६ करोड ८६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

साथै, आज यूनिभर्सल पावर कम्पनीको ४५ करोड ३९ लाख ११ हजार रुपैंया, कुमारी बैंकको २१ करोड ९५ लाख ४४ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड ३५ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो।

आइतबारमात्रै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार १२५ बाट घटाएर १०० प्रतिशतमा झारिएको छ । यसअघि ५० लाखभन्दा बढीको सेयर धितो कर्जामा जोखिभार १२५ प्रतिशत थियो । यो व्यवस्थाबाट बैंकहरुलाई थप कर्जा प्रवाह गर्न सहज हुन्छ ।

जोखिमभार कम हुँदा नियामकीय मापदण्ड पूरा गर्न सहज हुने र बैंकहरुले सेयर धितोमा थप लगानी गर्न सक्ने भएका छन् । यसकारण अब बैंक–वित्तीय संस्थाहरुले सेयर धितोमा थप कर्जा प्रवाह गर्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?