National life

यस्तो छ, रास्वपा पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१० जेठ २०८३, आइतबार
1.4kShares
यस्तो छ, रास्वपा पहिलो राष्ट्रिय महाधिवेशनको विस्तृत कार्यतालिका
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनको तयारीका लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले विभिन्न चरणका गतिविधिका लागि समयसीमा निर्धारण गर्दै तयारी अघि बढाएको हो ।

रास्वपाको प्रथम महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने तय भएको छ।

जारी कार्यतालिकाअनुसार ७७ वटै जिल्ला र सात प्रदेशमा निर्वाचन समिति गठनदेखि महाधिवेशन प्रतिनिधि चयनसम्मका कामलाई क्रमबद्ध रूपमा अघि बढाइनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जिल्ला तथा प्रदेश निर्वाचन समिति गठनको प्रक्रिया जेठ ७ देखि सुरु भई जेठ १५ भित्र सम्पन्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसैगरी आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य जेठ १० भित्र पूरा गर्नुपर्ने र स्थानीय तथा जिल्ला अधिवेशनका प्रतिवेदन संकलन जेठ २० सम्म सक्नुपर्ने उल्लेख छ।

जिल्ला अधिवेशन र निर्वाचनसम्बन्धी प्रतिवेदन पेश गर्ने अन्तिम मिति जेठ ३० तोकिएको छ भने महाधिवेशन प्रतिनिधिको नामावली बुझाउने समयसीमा जेठ २५ सम्म निर्धारण गरिएको छ।

यस्तै प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको विवरण असार ५ भित्र केन्द्रमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

महाधिवेशनमा प्रविधिको प्रयोगलाई समेत प्राथमिकतामा राखिएको छ। जेठ ७ देखि असार ५ सम्म इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) सम्बन्धी छलफल तथा तयारीका लागि समय छुट्याइएको आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरुङद्वारा हस्ताक्षरित सूचनामा सबै प्रदेश र जिल्ला समितिहरूलाई आपसी समन्वय गर्दै तोकिएको कार्यतालिका अनुसार तयारी अघि बढाउन निर्देशन दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?