National life

यस वर्षको दसैंमा पनि नयाँ होइन, सुकिला नोट वितरण गरिने, किन छापिन छोडे नयाँ नोट ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ भदौ २०८२, आइतबार
1.1kShares
यस वर्षको दसैंमा पनि नयाँ होइन, सुकिला नोट वितरण गरिने, किन छापिन छोडे नयाँ नोट ?
ncell

काठमाडौं । हिन्दु नेपाली नारीहरूको मुख्य चार्ड तीज मुखैमा आएको छ । तीज सकिएको ठ्याक्कै २६ दिन पश्चात् दशै सुरु हुन्छ । शनिवार र केहि सार्वजनिक बिदालाई कटाएर हेर्दा २० दिन जस्तो बाकी रहन जान्छ ।

दशैं भन्ने बित्तिकै हर्ष र उल्लासको चार्डको रूपमा मानिने गरिन्छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिन्दु नेपालीको मुख्य चार्डको रूपमा मनाइने दशैमा टिका र दक्षिणाको विशेष अर्थ रहने गर्दछ । यस्ता चाडपर्वमा नयाँ नोटको उत्तिकै महत्त्व रहने गर्दछ । विगत वर्षहरूमा जस्तै यसबर्ष पनि दशैं नजिकिएसँगै नयाँ नोट पाइने नपाइने बारे चर्चा चुलिन थालेको छ ।

विगतका वर्षहरूमा दशैं नजिकिँदै जाँदा देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा नयाँ नोट साट्नका लागि मानिसहरूको लामो लाइन हुने गर्दथ्यो तर गत वर्ष राष्ट्रबैंकले नयाँ नोटको साटो सुकिलो नोट वितरण गर्ने घोषणा गरेसँगै यस वर्ष पनि जिज्ञासा जन्मिनु स्वाभाविक नै हो ।

तर यस वर्षको दसैं, तिहार र छठका लागि पनि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ । राष्ट्रबैंकले नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी थालेको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्षको लागि राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय गर्न बाकी नै रहे पनि अतिरिक्त खर्च जोगिने र सुकिला नोट पनि व्यवस्थापन हुने भएकाले गत वर्ष जस्तै नयाँको ठाउँमा सुकिलो नोट नै वितरण हुने राष्ट्रबैंकका उपप्रवक्ता तथा सूचना अधिकारी सुमन न्यौपानेले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।

डिजिटल कारोबार बढेसँगै ढुकुटीमा सुकिला नोट थुप्रिँदै गएको र त्यसको व्यवस्थापनमा चुनौती थपिएको कारण गत वर्षदेखि राष्ट्रबैंकले यस किसिमको कदम चालेको सूचना अधिकारी न्यौपानेले जानकारी दिएका छन् । नोट नै नदिने भन्ने होइन, विगतमा जस्तै यस वर्ष पनि सर्वसाधारणलाई नोट वितरण गरिन्छ । तर नयाँ होइन, सुकिला हो,’ उपप्रवक्ता न्यौपानेले भने ।

राष्ट्र बैंकले हरेक वर्ष दसैं, तिहार, छठलगायत चाडमा मात्र नभई मागअनुसार सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दै आएको छ । दसैं, तिहारमा भने सूचना नै निकालेर राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिँदै आएको थियो। दसैं, तिहारमा ६० देखि ७० अर्ब बराबरको नयाँ नोट राष्ट्र बैंकबाट बाहिरिने गरेको छ ।

यसमध्ये १२ देखि १५ अर्ब रुपैयाँ सर्वसाधारणलाई जाने र बाँकी रकम बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रयोजनका लागि उपयोग गर्ने गरेको राष्ट्रबैंकले जनाएको छ । खास गरी सर्वसाधारणले सयभन्दा साना दरका नोट धेरै साट्ने गरेका छन्। बैंक तथा वित्तीय संस्थाले सयभन्दा माथि (५ सय र हजार) दरका नोट बढी उपयोग गर्दै आएका राष्ट्र बैंकले जनाएको छ ।

नयाँ नोट छपाइका लागि राष्ट्र बैंकले ठुलो धनराशि खर्च गर्दै आएको छ । राष्ट्र बैंककै एक अध्ययनले पछिल्ला पाँच आर्थिक वर्षमा औसत नोट छपाइमा मात्र १ अर्ब ३३ करोड ६४ लाख भन्दा बढी र मुलुकभर वितरण गर्दा औसत ३ करोड ८७ लाख रुपैयाँ गरेर कुल १ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ भन्दा खर्च हुँदै आएको जनाएको छ ।

यसरी वितरण गरिएका नोटमध्ये दसैं र तिहारपछि बैंक तथा वित्तीय संस्था हुँदै राष्ट्र बैंकमा फर्कन्छन् । राष्ट्र बैंकमा फर्किएपछि ती नोट ‘सुकिला’ हुन्छन् । बैंक तथा वित्तीय संस्थाले ती नोट लगे पनि सर्वसाधारणले नलाने भएकाले राष्ट्र बैंकको ढुकुटीमा थुप्रिँदै आएको छ । अहिले त्यही नोट व्यवस्थापन गर्नका लागि नयाँको ठाउँमा सुकिलो वितरण थालेको राष्ट्रबैंकले जनाएको छ ।

नयाँ नोटको उत्पादनका लागि बर्षेनी राज्यको धेरै खर्च भइरहेको हुन्छ । नेपाली नोटहरूको छपाई समेत विदेशमा हुने गर्दछ । छपाइका लागि प्रक्रिया सुरु गरेर नोट छपाई भई नेपाल राष्ट्र बैंकसम्म आई पुग्न करिब १ वर्ष लाग्ने र छपाई खर्चका अतिरिक्त ठुलै आकारमा ढुवानीको महँगो लागत समेत बेहोर्नुपर्ने भएकोले पनि नेपाली नोटको सन्दर्भमा यिनीहरूको उत्पादन लागत निकै बढी हुने राष्ट्रबैंकले जनाएको छ ।

नोट झुत्रो र फोहर बन्नु भनेकै मुलुकले बेहोरिरहेको यो लागत बराबरको रकम सोझै नोक्सानीमा पर्नु हो । एकातिर यो अवस्था छ भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कागजी नोटको आयु ४ वर्ष हुने गरेकोमा नेपाली नोटको सरदर आयु भने १ बर्षमात्रै रहेको तथ्यांकले देखाएको छ। यसरी महँगो रूपमा उत्पादन भएका नोटको पर्याप्त सुरक्षा नभएकै कारण आयु छोटिन गई देशको अर्थतन्त्रलाई ठुलो घाटा पुगिरहेको छ ।

त्यस्तै, दशैंअघि सलक्क र सफा रूपमा नागरिकहरूको घर घरमा भित्रिएका नयाँ नोटहरू दशैंको टिका प्रारम्भ भएसँगै रङ्गीचङ्गी एवं राताम्मे हुने रङ्ग, अबिर आदिले पूजा गर्ने, नोटमा पानी पर्नबाट नजोगाउने, टिका टालो गर्ने गर्ने परम्परागत मानसिकताका कारण नोटको सुरक्षा नहुनुको साथै चाडै नोट झुत्रिने, च्यातिने, फोहर बन्ने र आयु छोटिने अवस्था देखिएको कारण यस वर्षको दशैं तिहार लगायतको चार्डमा नयाँको ठाउँमा सुकिलो नोट नै वितरण गर्ने राष्ट्रबैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?