National life

यी दुई बैंकले पारे शेयरधनी निराश, लाभांश नदिने निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ माघ २०८१, बुधबार
667Shares
यी दुई बैंकले पारे शेयरधनी निराश, लाभांश नदिने निर्णय
ncell

काठमाडौँ। नेपाल बैंक लिमिटेड र एनआइसी एसिया बैंकले यसपालि सेयर धनीहरूको हात रित्तो खाली बनाउने भएका छन् । यी दुई बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेका छन् ।

जस अनुसार पुस २९ गते साँझ ६ बजे बसेको नेपाल बैंकको सञ्चालक समितिको बैठकले सेयर धनीहरूलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको थियो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ। यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयर धनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
667SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?